२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चीनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा उठाउने

चीनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा उठाउने
Nepal's President Bidya Devi Bhandari and China's President Xi Jinping walk together during a welcome ceremony at the Great Hall of the People in Beijing, China, on Monday, April 29, 2019. Photo: Madoka Ikegami/Pool via REUTERS

असोज २३ ।
चीनका राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा प्राथमिकताका साथ उठाउने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि पर्सी काठमाण्डु आउन लाग्नु भएका राष्ट्रपति सीको भ्रमण २ दशकपछिको हुन लागेको छ ।

सीको नेपाल आउने मिति र समय टुङ्गो लागेपछि सरकारले एजेन्डा पनि तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उहाँ आउन लाग्नु भएको हो । राष्ट्रपति सीको आज भारत जाने र भोलि भारत हुँदै पर्सी नेपाल आउने कार्यक्रम तय भएको छ । चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ । बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ । सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउनु हुनेछ ।

नेपाली सेनाको नेतृत्वमा चिनियाँ सेनासहितको टोलीले सुरक्षा दिनेछ । सीलाई सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्नेछ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट पुफ्र गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । उहाँले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने र अन्य भेटघाट उहाँ बस्ने होटलमै गर्नुहुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।