२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

९ बजेपछि देउसीभैलो खेल्न नपाईने

९ बजेपछि देउसीभैलो खेल्न नपाईने
सेयर गर्नुहोस्
०सेयर

कात्तिक ६, धादिङ ।
नजिकिदै गरेको पर्व दिपावली तथा छठको समयमा सांस्कृतिक मुल्य मान्यता र शान्ति सुरक्षामा असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

आज शुभ दिपावली तथा छठ पर्वको अवसरमा सुरक्षासम्बन्धी प्रहरी र संचारकर्मीबिचको छलफल कार्यक्रममा प्रहरी उपरिक्षक राजकुमार वैदवारले यस्तो आग्रह गर्नुभएको हो । प्रहरीले एक सुचना नै जारी गर्दै चाडपर्वका वेला कुनै पनि प्रकारको आतिसबाजी, भुइँचम्पा लगाएतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, विक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यसै गरि दैउसी भैलो खेल्ने खेलाउने बहानामा सामाजिक सास्कृतिक मुल्यमान्यतामा आँच आउन सक्ने क्रियाकलाप नगर्न र दैउसी भैलो, नाचगान, जस्ता मनोरन्जनात्मक क्रियाकलापहरु गर्दा गराउँदा बेलुकाको ९ बजे सम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ । चाडपर्वका वेला कोही कसैले यस्ता क्रियाकलाप गरेमा कानुन बमोजम कारवाही हुने समेत जिल्ला प्रहरी कार्र्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।