कात्तिक १३ ।
सरकारले दशैं तिहारलाई केन्द्रित गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको सहुलियत पसल अब बर्षभरी नै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं आउनु अघिदेखि सहुलियत पसल सञ्चालन गरेपछि बजार केही सुधारिएको भन्दै नागरिकले बर्षभरी सहुलियत पसल सञ्चालन गर्न आग्रह गरेपछि सरकारले वर्षभरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत् सातैवटा प्रदेशका चौध स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो । साल्ट ट्रेडिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान र केही निजी संस्थाले राखेका सुफत पसल निकै थोरै मात्रामा भएको र वरपरका मानिसले मात्र त्यसबाट लाभ लिन सकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलिएको भए पनि यसले बजारमा व्याप्त कालोबजारी नियन्त्रण गर्न नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

Facebook Comments