२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्यान मार्ने उद्योग मुद्दाका फरार २२ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार २२ वर्षपछि पक्राउ
??
सेयर गर्नुहोस्
०सेयर

कात्तिक १९, धादिङ ।
जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई २२ वर्ष पछी पक्राउ गरेको छ ।

२०५४ माघ ३ गते साविकको सेमजोङ गाविस वडा नं.१ का पेम्बा दोर्जे तामाङलाई सोही ठाउँका चन्द्र बहादुर तामाङले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाईते बनाएको थियो । धादिङ जिल्ला अदालतले २०६९ असारमा चन्द्रबहादुर तामाङलाई १० वर्ष कैद सजाय तोकेपछि फरार भएका थिए ।

फरार अपराधी पक्राउ गर्ने बिशेष अभियान अन्तरगत सोमबार नेत्रावती गाउँपालिका वडा नं ४ को कटुन्जेबाट ५२ वर्षिय चन्द्रबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।