
कात्तिक २६, धादिङ ।
धादिङको खनियावास गाउँपालिका वडा नं. ३ का भारतीय सेनामा कार्यरत २४ वर्षीय परशुराम तामाङको हत्यामा सम्लग्न २ जना १७ बर्ष पछि प्रक्राउ परेका छन् । पक्राउ परेका खनियावास गाउँपालिका वडा नं. ३ का गोम लामा तामाङ र सुक लामा तामाङलाई जिल्ला प्रहरी कार्यलय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो ।
२०५९ साल कात्तिक २९ गते परशुराम तामाङलाई स्थानियद्धय गोम लामा तामाङ र सुक लामा तामाङले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाईते तामाङलाई उपचारको लागि स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । तामाङकोे हत्यामा संलग्न ६ जना विरुद्ध तामाङका परिवारले कर्तव्य ज्यान मुद्धा दायर गर्नुभएको थियो ।
हत्या पछि फरार रहेका तामाङ द्धयलाई कार्तिक २४ गते जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङद्धयलाई हिजो नै जिल्ला अदालत धादिङमा उपस्थित गराई म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
सवारी ज्यान मुद्दाका २ जना फरार अभियुक्त पनि पक्राउ
सवारी ज्यान मुद्दाका २ जना फरार अभियुक्तहरुलाई आज जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय प्रदिप थपलियालाई प्रहरीले पक्राउ गरेको हो ।
थपलियालाई धादिङ जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा मिति २०७५ माघ ०२ गतेको फैसलाले २ वर्ष कैद र २ हजार जरिवानाको फैसला गरेको थियो । यस्तै प्रहरीले सिद्धलेक गाउँपालिकाकौ वडा नम्बर ७ बस्ने ५० वर्षिय भिमसेन माझीलाई प्रहरीले प्रक्राउ गरेको छ । धादिङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा २०७५ माघ १३ गते २ वर्ष कैदको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालयको फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।