मंसिर ९ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । अभियानको नेपाली नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने तय गरिएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान मनाउने गरिन्छ । अभियान अन्तरगतको १६ दिनसम्म महिला मन्त्रालय, मन्त्रालय अन्तरगतका विभिन्न निकाय, महिलाका क्षेत्रमा काम गर्ने संघसंस्था तथा अभियन्ताहरुले हिंसा विरुद्धका विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

विश्वमा सन् १९९१ देखि सुरु भएको यो अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो । १६ दिने अभियानको पुर्व सन्ध्यामा धादिङबेशि पुछरबजारमा हिजो साँझ मैन बत्ति प्रज्वलन गरिएको थियो

Facebook Comments