२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वायुमण्डलमा कार्बनडाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च

वायुमण्डलमा कार्बनडाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च
सेयर गर्नुहोस्
०सेयर

सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च भएको वैज्ञानिकहरुले बताएका छन् । विश्व जलवायु सङ्गठनका अनुसार कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण वितेको दशकको औसत स्तरभन्दा माथि पुगेको छ ।

मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको स्तर पनि औसतभन्दा बढी पाइएको छ । सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ । यसैबीच वैज्ञानिकहरूले जलवायु परिवर्तनका अत्यन्त खराब असरहरूबाट जोगिन कार्बन उत्सर्जनको परिमाण एकदम छिटो घटाउनेतर्फ लाग्न आग्रह गरेका छन् ।

राष्ट्रसङ्घका वैज्ञानिकहरूका अनुसार समुद्री सतह बढ्दो छ भने बरफ समेत पग्लिरहेको छ । विभिन्न प्रजातीका जीवजन्तु मानवीय क्रियाकलापका कारण वासस्थान परिवर्तन गर्न बाध्य भइरहेको समेत उनीहरूले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।