२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा आत्माहत्या गर्नेहरु बढे

धादिङमा आत्माहत्या गर्नेहरु बढे
A fabric low poly suicide rope with slipknot placed on the white concrete wall with white space on left. 3D illustration and rendered by program Blender.
सेयर गर्नुहोस्
०सेयर

धादिङमा आत्माहत्या गर्नेको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यलय धादिङको एक तथ्याङ्कले देखाएको छ । ५ वर्षको अन्तरालमा अहिले सम्म ३ सय ३६ जनाले आत्माहत्या गरेको तथ्याङ्कले देखाएको छ । आत्महत्या गर्नेमा महिलाको भन्दा पुरुषको संख्या धेरै रहेको छ ।

५ वर्षको तथ्याङ्क अनुसार १ सय ९१ जना पुरुष र १ सय ४५ जना महिलाले आत्मा हत्या गरेका छन् । धेरैले झुण्डीएर आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । प्रविधिको दुरुपयोग, सामाजीक संञ्जाल फेसबुकको गलत प्रयोग, वैदेशिक रोजगार लगायतको कारणले आत्महत्या गर्नेको संख्यामा वृद्धि भईरहेको प्रहरी उपरिक्षक वैदवारको भनाई छ ।

यस्तै घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा १ सय ५५, आर्थिक वर्ष ०७३/०७४ मा १ सय ६६, आर्थिक वर्ष ०७४/०७५ मा १ सय ८६ र आर्थिक वर्ष ०७५/०७६ मा १ सय ८५ ओटा घरेलु हिंसाका घटनाको निवदेन परेको तथ्याङ्कले देखाएको छ । यस्तै प्रहरीको तथ्याङ्क अनुसार लैङ्गिक हिसांको घटनामा आर्थिक वर्ष २०७३/०७४ मा ७७ ओटा, आर्थिक वर्ष ०७४/०७५ मा ९१ ओटा र ०७५/०७६ मा ४६ ओटा निवदेन परेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

समग्र तथ्याङ्ककको आधारमा पहिलेको भन्दा लैंङ्गिक हिंसा, घरेलु हिंसा बढेको जस्तो देखिए पनि यस्तो नभएको प्रहरीले जनाएको छ । पहिला घर भित्रै दविएर घटना लुक्ने गरेको तर अहिले खुलेर प्रहरीकोमा उजुरी गर्नेको संख्यामा वृद्धि भएकाले यस्तो देखिएको प्रहरीले जनाएको छ । आधुनिक जीवन शैली, मादक पदार्थ सेवन, असमझदारी लगायतका कारणले समाजमा यस्ता घटना हुने गरेको प्रहरी उपरिक्षक राजकुमार वैदवारको भनाई छ ।

यस्तै धादिङमा आर्थिक वर्ष २०७६/०७७ को ८ महिनाको अन्तरालमा ९ ओटा जवरजस्ती करणीका घटनाको मुद्दा दर्ता भएको छ । ९ ओटा मुद्दा दर्ता भएकोमा ४ ओटा फर्छौट र जवरजस्ती करणी गर्ने ७ जनालाई पक्राउ गरिएको छ । पछिल्लो ३ वर्षयता जिल्लामा जवरजस्तीकरणीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाउछ ।

आर्थिक वर्ष २०७४/०७५ मा २१ ओटा मुद्दा दर्ताको भएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा २८ ओटा जवजस्ती करणीका घटना प्रहरी कार्यलयमा दर्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । यस्तै जवरजस्तीकरणी उद्योगमा ३ ओटा मुद्दा दर्ताको भएकोमा २ ओटा मुद्दा फर्छौट भईसकेको प्रमुख प्रहरी उपरिक्षक बैदवारले बताउनुभयो ।

त्यस्तै यो वर्षको ८ महिनाको अन्र्तरालमा जिल्ला प्रहरी कार्यलय धादिङमा ४ ओटा बहुविवाहको घटना दर्ताको भएको छ । ३ वर्षको तथ्याङ्क अुसार बुहुविवाहको घटना पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १० ओटा बहुविवाहको घटना दर्ता भएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा १५ ओटा बहुविवाहको घटनाको मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा छ ।

बढ्दो आधुनिकता, वेदेशिकरोजगार, सामाजीक संञ्जालको दुरुपयोग लगायतका कारणले अपराधिक घटना, आत्महत्या जस्ता समस्याहरु बढिरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । धादिङमा यस्ता अपराधिक घटना न्यूनिकरणको लागि प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

आत्महत्या, घरेलु हिंसा लगायत अपराधिक घटना प्रहरीको एक्लो प्रयासले मात्र न्यूनिकरण नहुने भएकाले सम्पूर्ण अभिभावक, संघ संस्था, विद्यालयका शिक्षक, मानवअधिकारकर्मी एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।