२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२२ वर्ष पछी हाडनाताकरणी मुद्दाका फरार अपराधी पक्राउ

२२ वर्ष पछी हाडनाताकरणी मुद्दाका फरार अपराधी पक्राउ
सेयर गर्नुहोस्
०सेयर

मंसिर २२, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले २२ वर्ष पछि हाडनाता मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान नीलकण्ठ नगरपालिका वडा नं.५ देउरालीछाप बस्ने वर्ष ५३ को अम्बर बहादुर राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

मगरलाई हाडनाता करणीको मुद्दामा धादिङ जिल्ला अदालतबाट मिति २०५४ वैशाख ३१ गतेको फैसलाले १० महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । २२ वर्षदेखि फरार मगरलाई हिजो जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरि आज सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।