२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा स्थायी कमिटि बैठक ११ बजे बस्दै

नेकपा स्थायी कमिटि बैठक ११ बजे बस्दै
g]skf :yfoL sld6L a}7s g]kfn sDo'lgi6 kf6L{ s]Gb|Lo sfof{no w"djf/fxLdf zlgaf/ k|wfgdGqL tyf kf6L{{sf cWoIf s]kL zdf{ cf]nLsf] cWoIftfdf a;]sf] :yfoL sld6Lsf] a}7s . tl:a/ M k|bLk/fh jGt,/f;;

पौष ३ ।
नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथिको छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनितिक प्रतिवेदन पारित गर्दै बैठक सकिने नेकपा स्रोतले जनाएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथी छलफल भएको थियो । बैठकमा प्रचण्डपथ बिउँताउने प्रस्ताव पनि आएको छ । स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राख्नुभयो ।

यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेताले भने अनौठो मानेका थिए । यादवले क्रान्तिका लागि विचारमा स्पष्टता र विकास गनुपर्ने र त्यसक्रममा नै १० वर्षे जनयुद्धकालमा मुख्य नेतृत्वकर्ताको नामबाट प्रचण्डपथ विकास विकसित गरेको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।