२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गरिमा विकास वैंङ्कको शाखा धादिङवेशींमा उद्घाटन

गरिमा विकास वैंङ्कको शाखा धादिङवेशींमा उद्घाटन
सेयर गर्नुहोस्
०सेयर

पौष ६, धादिङ ।
लद्यु उघमीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभएको छ । ८१ औं शाखाको रुपमा धादिङवेशींमा संञ्चालनमा आएको गरीमा विकास वैंङ्क धादिङ शाखाकोे समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

धादिङका नागरिकहरुलाई सकेसम्म बिना धितो ऋण उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । अझै पनि केही सर्वसाधरणमा वित्तिय कारोवार सम्बन्धी ज्ञान नभएकाले सरल र सहज रुपमा वैङ्कीङ सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।

भदौ १ गतेदेखि सञ्चालन भएको बैँक आज उद्घाटन गरि औपचारीक रुपमा सञ्चालनमा आएको होे । गरिमा विकाश बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो ।

गरिमा विकास बैंकले २०७६ पौष ५ गते सम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

समुद्घाटन समारोहमा निलकण्ठ नगरपालिकाका वडा नंम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजाल, गरिमा बिकास बैँकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विभिन्न वित्तय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।