
पौष ७, धादिङ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गल्छी–नुवाकोट सडक खण्डमा रोकी राखेको माईक्रोबस जलेको अवस्थामा भेटिएको छ । आज राती १ बजेतिर बसमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबरगरी आगो नियन्त्रणमा लिईएको थियो ।
नुवाकोट पोखरा चल्ने माईक्रोबस भनिएता पनि बसपूर्णरुपमा जलेकोले विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा आगो कस्ले र किन लगायो भनेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।