पौष ११, धादिङ ।

‘राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद’  भन्ने नारा सहित आजदेखी प्रथम धादिङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु हुँदैछ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति धादिङको आयोजनामा प्रतियोगीता सुरु हुन लागेको हो ।

प्रतियोगीताको आज एक कार्यक्रमका विच राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले उद्घान गर्नुहुने राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति धादिङका अध्यक्ष अमृत तामाङले जानकारी दिनुभयो । धादिङवेशीं स्थित कभडहलमा हुने प्रतियोगीता विहान ११ बजेदेखि सुरु हुँदैछ ।

साथै १३ औं साग खेल्कूदका सहभागी धादिङका खेलाडीहरुलाई पनि आज सम्मान गरिँदैछ । कार्यक्रम सुरु हुनु अघि धादिङवेशीं पुछारबजारदेखि ¥याली निकालिने पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

Facebook Comments