२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ट्रकको ठक्करबाट एकको ज्यान गयो

ट्रकको ठक्करबाट एकको ज्यान गयो
सेयर गर्नुहोस्
०सेयर

पौष १७, धादिङ ।
धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौतर्फ जाँदै गरेको बा ५ ख ७९८७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाईकललाई बुधबार बेलुका ११ः ५५ बजेको समयमा ठक्कर दिएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार थाक्रे गाउँपालिका वडा नं १० का ३४ वर्षीय सुमन तामाङ रहेका छन् । तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक भने फरार छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।