माघ २८, धादिङ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ स्थित समेजोङ स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा प्रारम्भ भएको छ । नेत्रावती डबजोङ गाउँपालिकामै पहिलो पटक सेमजोङ स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा प्रारम्भ गरीएको स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागले सेमजोङ स्वास्थ्य चौकीलाई संस्था सुचिकृतको प्रमाण प्रदान गरेसँगै यो सेवाको प्रारम्भ भएको बताउनुभयो । गाउँपालिका भित्रै यो सेवा सुचारु भएपछि आफ्नो ईच्छा नभएको गर्भपतन गर्न धादिङवेशीं, काठमाण्डौं जानु पर्ने बाध्यता अन्त्य भएको समेत बताउनुभयो ।

वि.स.२०५९ सालदेखी महिलाले चाहेको खण्डमा १२ हप्ता सम्मको गर्भपतन गराउने पाउने कानुनी व्यवस्था रहेको छ । गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थामा यसरी सुरक्षित गर्भपतन सेवा सुरु भएपछि सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउने स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । ९ हप्ता सम्मको गर्भ औषधी द्वारा गर्भपतन गराईने पनि स्वास्थ्य संयोजक पौडेलले बताउनुभयो ।

Facebook Comments