फागुन ३, धादिङ ।

धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा रहेको मिन्दुका माध्यमिक विद्यालयमा शुक्रबार राती चोरी भएको छ ।

विद्यालयको लाईब्रेरी कक्षामा रहेको चन्दा बाकस फुटाएर चन्दा बाकस भित्र रहेको ३० हजार भन्दा बढि रकम अज्ञात समूहले चोरेर लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी अर्यालले जानकारी दिनुभयो ।

विद्यालयमा भएको अन्य सामान भने चोरी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताउनुभयो । अज्ञात समूहको प्रहरी र स्थानिय मिलेर खोजी कार्य भईरहेका छ ।

Facebook Comments