२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता

धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता
सेयर गर्नुहोस्
०सेयर

फागुन २१, धादिङ ।
धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता गरिएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै साउन महिनादेखि फागुन २० गतेसम्मको अवधिमा लागु औषध कारोबारमा ३६ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुबाट ४५ किलो ३ सय ३५ ग्राम चरेश, ३९ किलो गाँजा, डायजीपास इन्जेक्सन ६ एम्पुल, फेनेरगन ६ एम्पुल, नोफिन ५ एम्पुल, स्पास्माु २ हजार ट्याब्लेट, ट्रामा ४ हजार ५ सयm नाइट्रोसन ३ सय ८ पिस, डाइजेपाम ५० पिस, ब्युप्रिनोफिन ५० पिस, फेनरागन ५० पिस, नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्पेन २० ट्याब्लेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै प्रहरीले संचालन गरेको लागु औषध विरुद्धको अभियानअन्तर्गत २ हजार ८ सय ४१ रोपनी जग्गामा लगाइएको गाँजा र ४ सय रोपनी जग्गामा लगाइएको अफिम खेति नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।