२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आँखु खोलाले बगाउँदा एक जना वेपत्ता

आँखु खोलाले बगाउँदा एक जना वेपत्ता
सेयर गर्नुहोस्
०सेयर

आँखु खोलाले बगाउँदा एक जना युवा वेपत्ता भएको छ । उत्तरी धादिङको खनियावास गाउँपालिकाका वडा नम्बर १ पेर्चो बस्ने खोले तामाङका छोरा २० वर्षिय ग्याल्वो योञ्जनलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय धादिङका ईन्सपेक्टर एवं प्रवक्ता सरोज राईले बताउनुभएको छ ।

विहिबार दिउँसो ३ बजे पौडी खेल्ने क्रममा खोलाले बगाएको ईन्सपेक्टर राईले बताउनुभयो ।

अस्थाई प्रहरी पोष्ट डुण्डुरे र ईलाका प्रहरी कार्यलय दार्खाबाट खटिएका प्रहरीहरुले वेपत्ता युवकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।