
सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो ।
कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा शनिवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो ।
उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको भन्दै सकभर काठमाडौं नआउन र आउनै परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर मात्र आउन प्रवक्ता डा. गौतमले आग्रह गर्नुभएको हो ।