
मंसिर २, धादिङ ।
पत्रकार रवि लामिछानेले ६२ घण्टा १२ मिनेट टक सो सञ्चालन गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् । लामिछानेको रेकर्डलाई तोड्नको लागि विश्वकै कान्छा पत्रकार भनेर चिनिने सुजन आचार्यले तयारी गरिरहेका छन् । तर त्यो तयारी पुरा नहुँदै सुजन आचार्यको पनि रेकर्ड तोड्ने अर्का पत्रकार प्रकाश खतिवडाले बताएका छन् । एक अनलाईन टेलिभिजनसँगको अन्र्तरवार्तामा उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।
नेपालको प्रतिनिधित्व गरेर रवि लामिछानेले विश्व किर्तिमानी गरिसकेका छन् तर एउटा नेपालीको रेकर्ड अर्काे नेपालीले किन तोड्ने ? भन्दै पत्रकार लामिछानेको समर्थनमा आफुले पनि लामो टक सो संञ्चालन गरेर विश्व किर्तिमानी राख्ने खतिवडाको भनाई छ । सुजन आचार्यलाई चेतावनी भन्दा पनि यस्ता रेकर्ड भावि दिनहरुमा जसले पनि गर्न सक्छ भन्ने उदाहरण पेश गर्न खोजेको खतिवडाको भनाई छ । यदि सुजन आचार्यले लामो टक सो संञ्चालन गरेर विश्व किर्तिमानी राखेको खण्डमा आफुले पनि सुजन आचार्यको रेकर्ड तोड्ने खतिवडाले बताउनुभयो ।
धादिङमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउनुभएका खतिवडा सन् २००८ देखि सूचना प्रविधिमा करिअर सुरु गरेका हुन् भने अहिले खतिवडा फ्रिलेन्सर सर्च इन्जिन अप्टिमाइजेसन ९क्भ्इ० का विज्ञका रुपमा चिनिन्छन् । व्यवसायिक रुपमा सर्च इन्जिन अप्टिमाइजेसन सम्बन्धी लामो समयदेखि अनुभव र ज्ञान हासिल गर्दै आएका प्रकाश खतिवडा आफुलाई सर्च इन्जिन अप्टिमाइजेसको विज्ञ भन्दा पनि विज्ञता हासिल गर्दै गरेका युवा आइटी पुस्ताभित्रको आइटी पत्रकार र सर्च इन्जिन अप्टिमाइजेसनका प्रशिक्षक हुनुहुन्छ ।


सबै भन्दा लामो टक सो संञ्चालन गरेर विश्व किर्तिमान कायम गर्नुभएका रवि लामिछाने नेपालको चर्चित कार्यक्रम “सिधा कुरा जनतासँग” का सन्चालक हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६२ घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका थिए । उनले न्युज २४ मार्फत बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने विषयमा टक–सो चलाएका थिए । भगवान् बुद्ध नेपालमा जन्मेका हुन् भनी मूल नारा बनाइएको सो कार्यक्रममा प्रचण्डदेखि तत्कालीन भारतीय राजदूत जयन्तप्रसादसम्मले अन्तर्वार्ता दिएका थिए । यसअघि भने दुईजनाले ५२ घण्टा लामो कार्यक्रमको कीर्तिमान राखेका थिए ।
तर यता सुजन आचार्यले भने आफुले रवि लामिछानेको रेकड तोड्न नभई विश्व रेकर्ड मात्र तोड्न खोजेको बताएका छन् । बाहिर विभिन्न टिकाटिप्पणी भए पनि आफुले नेपाली जनताबाट नकरात्मक भन्दा पनि सकरात्मक सुझाव बढि आएकाले आगामी वैशाखमा रेकर्ड तोडेरै छाड्ने सुजनको भनाई छ । ११ वर्षको उमेरबाट ABC टेलिभिजनमा प्रसारण हुने नेपाल दर्शन र मिसन न्यूज जस्ता कार्यक्रम सञ्चालन गरेका थिए । आचार्यले सञ्चालन गर्न लागेको टक–सोमा विभिन्न राजनीतिक दलका नेता, पत्रकार, विज्ञ तथा सेलिब्रेटीहरुसँग कुरा गर्ने जनाएका छन् । उनले ‘द वल्र्ड विल नो मुक्तिनाथ’ भन्ने थिममा बोल्ने तयारी गरेको बताइएको छ । 
भिडियो हेर्नका लागि: