धादिङमा थप १ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वड नम्बर ९ का ३१ पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । मृतक पुरुषमा कलेजो सम्बन्धी समस्या रहेको र उपचारको क्रममा काठमाडौमा मृत्यु भएको हो ।

मृतक पुरुषमा शुक्रबार नै कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । योसगैँ जिल्लामा ७ जना कोरोना भाइरस सङ्क्रमीतको ज्यान गएको छ । त्यस्तै शुक्रबार मात्रै जिल्लाका २ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको थियो ।

धादिङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा शनिबार थप १६ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ५ जना, थाक्रे गाउपालिकाका ४ जना, धुनीबेशि नगरपालिकाका ३ जना, खनियाबास गाउपालिकाका २ जना, नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा गल्छी गाउपालिका वडा नम्बर ६ का २७, ३९, ४२ बर्षका पुरुष, सोहि वडाका २५, ४० बर्षका महिला, थाक्रे गाउपालिका वडा नम्बर ६, ७ र ११ का क्रमश २४, ३१, ३१ बर्षका पुरुष, थाक्रे गाउपालिका वडा नम्बर ८ का १६ बर्षका महिला, धुनीबेशि नगरपालिका वडा नम्बर ५ का ४० बर्षका महिला, धुनीबेशि नगरपालिका वडा नम्बर ७ र ८ का ३०, २६ बर्षका पुरुष, खनियाबास गाउपालिका वडा नम्बर ४ का २६ पुरुष, खनियाबास गाउपालिका वडा नम्बर ५ का २७ बर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ३० बर्षका पुरुष र ज्वालामुखी गाउपालिका वडा नम्बर २ का २७ बर्षका पुरुष रहेका छन् ।  योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ६ सय १५ पुगेको छ ।

कन्ट्याक्ट टे«सिङको आधारमा जिल्ला अस्पताल धादिङबाट ४५ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि आज काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

 

Facebook Comments