२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

६५ औं प्रहरी दिवशको अवसरमा वृक्षारोपण

६५ औं प्रहरी दिवशको अवसरमा वृक्षारोपण
सेयर गर्नुहोस्
०सेयर

६५ औं प्रहरी सेवा दिवसको अवसरमा विहिबार वृक्षारोपण गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले कार्यालय परिसरमा वृृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यलय धादिङको आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ ।

वातावरण संरक्षण गर्ने उद्देश्यले आँप, रुख कटहर, तेज पत्ता, अशोका र चाँप लगायतका विरुवाहरु लगाईएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा ३० ओटा र मातहत प्रहरी इकाइमा ५३ ओटा गरि ८३ ओटा वृक्षारोपण गरिएको छ ।

यस्तै दिवशको अवसरमा बुधबार पशुपति मन्दरि ससफाई गरेको थियो ।

प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काको नेतृत्वमा २१ जनाको प्रहरी टोली र पशुपति मन्दिर व्यवस्थापन समितिका प्रतिनिधी‚ स्थानीय बासिन्दाहरुको सहभागितामा सरसफाई गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।