२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पार्वत गुरुङलाइ सरकारको प्रवक्ताको जिम्मेवारी पनि

पार्वत गुरुङलाइ सरकारको प्रवक्ताको जिम्मेवारी पनि
सेयर गर्नुहोस्
०सेयर

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारीका विषयमा छलफल नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि नै गुरुङलाई जिम्मेवारी दिनुभएको हो । सुरुवातमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई प्रवक्ता तोकिएको थियो ।

त्यसपछि सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सहित निवर्तमान अर्थमन्त्री युवराज खतिवडलाई प्रवक्ताको जिम्मेवारी दिइयो । खतिवडाको राजीमापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २८ असोजमा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।