२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मंगलबारदेखि लागु हुनेगरि धादिङंमा नयाँ नियम

मंगलबारदेखि लागु हुनेगरि धादिङंमा नयाँ नियम
सेयर गर्नुहोस्
०सेयर

धादिङमा कोरोना संक्रमितको दर दिनानु दिन बढ्दै गएका कारण थप नियम लागू गरिएको कोभिड संकट व्यवस्थापन केन्द्र धादिङले जनाएको छ ।

मंगलबारदेखि लागू हुने गरि सदरमुकाम धादिङवेशी बजार क्षेत्रभित्र विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म फलफूल तरकारी, दुध दही र खाद्ययन्न जस्ता अत्यावश्यक वस्तुहरु खरिद विक्रि गर्न पाईने भएको छ ।

यस्तै विहान ९ बजेदेखि २ बजे सम्म अन्य उद्योग धन्दा पसल व्यवसाय सञ्चालन गर्न नपाईने भएको छ तर अन्य अत्यावश्यक वस्तु तथा सेवाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरि सञ्चालन गर्न पाउने भएका छन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र धादिङ र सरोकारवाहरु विचको सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । बजार केन्द्र बाहिरका स्थानलाई शुरु वा अन्तिम विन्दु बनाई सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले बजार केन्द्रमा यात्री ओराल्न चढाउन नपाउने, मेला, पर्व जात्रा, कन्सर्ट, पुजापाठ जस्ता भिडभाड हुने कार्य गर्न गराउन नपाईने, प्रतिस्पधात्मक खेल वा प्रतियोगीता, सार्वजनिक स्थलमा पिङ हाल्ने कार्य गर्न गराउन नपाईने निर्णय गरेको छ ।

यस्तै वैठकले शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने, दंशै लगायतका चाडपर्वहरु मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्बतथा छरछिमेकहरु भेला हुन नपाईने निर्णय पनि गरेको छ । धादिङमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढिरहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, आवश्यक काम परे मात्र घर बाट बाहिर निस्कन अपिल गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।