
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसएमसीले एकतर्फी निर्णय गरेको भन्दै मंगलरबार धादिङवेशींमा सञ्चालित टुकटुके व्यवसायीहरुले विरोध जनाएका छन् ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सरोकारवालाहरुको वैठकले सदरमुकाम धादिङवेशी बजार क्षेत्रमा म्याजिक भ्यान टुकटुके चल्न रोक लगाउने निर्णय आफुहरु लक्षित मात्र भएको भन्दै एक घण्टा विरोध गरेका हुन् ।
अन्य यातयातका साधनहरु निर्वाध रुपमा संञ्चालन भएको तर म्याजिक भ्यानलाई मात्र रोक लगाएकाले विरोध गर्न बाध्य भएको निलकण्ठ नगर यातयात प्रालिका अध्यक्ष शुकराज लुङ्गेली मगरले जानकारी दिनुभयो । तर अन्य यातयात व्यवसयीले पनि सञ्चालनमा रोक लगाए आफुहरु पनि सहयोग गर्न तयार रहेको अध्यक्ष मगरले बताउनुभयो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने डिसिसिएमसीले गरेका निर्णयहरु प्रति प्रष्ट नहुँदा अन्योलता सिर्जना भएको बताउनभयो ।
वैठकमा सबै व्यवसायीक प्रतिनिधितित्व भएकाले अन्यथा नबुझ्न आग्रह गर्दै उहाँले धादिङवेशीं बजार कोरोना भाईरसको ईपि सेन्टर बनिसकेकाले नागरिकको कोरोना महामारी विरुद्ध सबै निकाय एकजुट हुन आग्रह गर्नुभयो । धादिङमा राजनितिक नेतृत्वदेखि लिएर सञ्चारकर्मी, स्वास्थ्यकमीृ, सुरक्षाकर्मी स्थानिय तह, निजि क्षेत्र यातयात व्यवसायीहरुले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्न सबैसँग अपिल गर्नभयो ।
जिल्लाभर ३७ ओटा म्याजिक भ्यान संञ्चालनमा छन् । भने धादिङवेशीं बजार क्षेत्रमा ३० ओटा, मलेखुमा ५ ओटा र २ ओटा सलयान्टारमा सञ्चालनमा रहेको निलकण् नगर यातयात प्रा.लि धादिङले जनाएको छ ।