२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका स्थानीय तहका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुको समीक्षा

धादिङका स्थानीय तहका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुको समीक्षा
सेयर गर्नुहोस्
०सेयर

धादिङका सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुको समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ भित्र पालिकाभित्रका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुको समीक्षा गरिएको हो ।

सदरमुकाम धादिङबेशीमा २ दिने समीक्षा गोष्ठि संचालन गरि स्वास्थ्य संस्थाहरुको कामबारे समीक्षा गरिने निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो । सोमबारसम्म चल्ने समीक्षा गोष्ठिमा स्वास्थ्य संस्थाहरुले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै आगामी दिनमा कसरी काम गर्ने, स्वास्थ्य संस्थाले दिने सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगनाथ नेपालले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्ने भएकोले हरेक स्थानीय तहले नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा कन्जुस्याइ नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका फोटोहरु हेर्नुहोस् :


तस्विर : निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालको फेसबुकबाट ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।