
धादिङमा मंगलबारसम्म १२ सय २२ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १३ जना निको भएर घर फर्किएसँगै कोरोनामुक्त हुनेको संख्या १२ सय २२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा धादिङमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १३ सय ७० पुगेको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिका वडा नम्वर ५ का २८ वर्षिया महिला, गजुरी गाउपालिका वडा नम्व्र १ का ५३ वर्षिय पुरुष र बेनिघाटरोराङ गाउपालिका वडा नम्वर १० का ५६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिृकत जेशिका थापाले जानकारी दिनुभयो ।