२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गाई भैसीलाई सुत्केरी भत्ता वितरण

गाई भैसीलाई सुत्केरी भत्ता वितरण
सेयर गर्नुहोस्
०सेयर

धादिङको गजुरी गाउपालिका वडा नम्बर ६ का किसानले पालेका गाई भैसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।

किसानहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्दश्येले गजुरी गाउँपालिकाले गत वर्षदेखि गाउँपालिकाका किसानले पालेका गाई भैसीलाई सुत्केरी भत्ता प्रदान गर्दै आएको छ । हिजो र आज गरि १ सय ९७ ओटा गाई भैसीलाई सुत्केरी भत्ता वितरण गरिएको प्रेम बहादुर घलेले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई २५ सय रुपैयाँका दरले वितरण गरिएको घलले बताउनुभयो ।

गाई भैंसी सुत्केरी भएको रकम दाबी गर्न किसानले निवेदनको साथमा सुत्केरी पशुको माउबच्चाको फोटो, बिमा, वडाको सिफारिस र छिमेकीको सम्पर्क नम्बर सहित समावेश गरि गाउँपालिकाको कार्यालयमा कागजात बुझाउनुपर्ने छ ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका र खनियावास गाउँपालिकाले पनि किसानले पालेका गाई भैसीलाई सुत्केरी भत्ता वितरण गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।