‘स्वास्थ्यको लागि खेलकूल, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ आज धादिङवेशीं स्थित खुल्ला मञ्चमा मैत्रिपूर्ण महिला फुटबल प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति धादिङको आयोजना तथा बोईज यूनाईटेड क्लव धादिङको सहआयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।

महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा धादिङको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का महिला फुटबल खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा निर्वाचन क्षेत्र नम्बर २ का बोईज यूनाईटेड क्लव ५–२ को अन्तरले विजयी भएको छ । विजयी टिमका ममता पुन मगर एक्लैले ५ गोल गर्नुभएको हो ।

५ गोल गर्ने ममता मगरलाई उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको छ भने क्षेत्र नम्बर १ का खेलाडी पार्वती घलेलाई फेयर अवार्ड प्रदान गरिएको छ । विजयी क्लवलाई ट्रफी र मेडलले सम्मान गरिएको छ ।

जिल्ला खेलकूद विकास समिति धादिङका अध्यक्ष प्रताप लामा तामाङको अध्यक्षतामा भएको खेल समापन कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

Facebook Comments