
धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या कम नभई सङ्कास्पद व्यक्तिहरुमा मात्र पिसिआर परिक्षण गरीएकाले सङ्क्रमीतको सङ्ख्या कम देखिएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले बताउनुभएको छ ।
नेपाल सरकारले यसअघि नै सङ्कास्पद व्यक्ति, वृद्धावृद्धाहरुको मात्र पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गर्ने निर्णय गरेको थियो, सोहि अनुसार जिल्लामा अहिले बेनिघाट रोराङ गाउपालिका र गल्छी गाउपालिकाले पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गरे पनि अन्य गाउपालिका र नगरपालिकाले भने पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गर्न छाडेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत थापाले जिल्लामा सङ्क्रमीतको सङ्ख्या कम देखिदैमा कोरोना भाइरस सङ्क्रमण नै नहुने भन्ने धारणलाइ हटाउनु पर्ने बताउनुभयो । सङ्क्रमण अझै पनि रहेको तर परिक्षणको दायरा कम भएकोले मात्र सङ्क्रमीतको सङ्ख्या कम भएको र स्वास्थ्य सुरक्षाकामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । जिल्लामा अहिलेसम्म ६ हजार ३ सय २४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
१५ सय २७ जना कोरोना भाइरस सङ्क्रमीत पुष्टि भएका छन् भने १ हजार ८ सय ८२ जना कोरोना मुक्त भएका छन् । अब जिल्लामा सक्रिय सङ्क्रमीतको सङ्ख्या २० रहेको छ, भने कोरोना भाइरस सङ्क्रमणका कारण अहिलेसम्म जिल्लामा १७ जनाको मृत्यु भइसकेको छ ।