
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ मा रहेको बसेरी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आँठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
६ सय ५७ जना शेयर सदस्य रहेको सहकारीले आन्तरीक पुँजीको प्रयोग गरि १ करोड लगानी गरेको छ । भने संस्थाले साढे २ लाख नाफा कमाउन सफल भएको छ । संस्थाका अध्यक्ष दलंिसंह नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ धादिङका संञ्चालक सदस्य कृष्ण प्रसाद अर्यालको प्रमुख आतिथ्य तथा साना किसान कृषि सहकारी संघ धादिङका प्रवन्धक जीतबहादुर नेपालीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहभागीहरु प्रमुख वक्ताहरुले सहकारीले शेयर सदस्यको आर्थिक स्तर उकास्न उत्पादनमा जोड दिँदै सहकारीको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए । यस्तै कृषिलाई प्रविधिमत्री बनाएर छोटो समय र कम खर्चमा धेरै उत्पादन तर्फ ध्यान दिनुपर्ने भनाई राखेका थिए ।