२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भौतिक संरचनाको निर्माणबाट मात्र विद्यालमा सुरक्षित सिकाई हुन नसक्ने !

भौतिक संरचनाको निर्माणबाट मात्र विद्यालमा सुरक्षित सिकाई हुन नसक्ने !
सेयर गर्नुहोस्
०सेयर

भौतिक संरचनाको निर्माणबाट मात्र विद्यालमा सुरक्षित सिकाई हुन नसक्ने धादिङबेशीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।

विद्यालयमा सुरक्षित सिकाई वातावरणको लागि आवश्यक निती विसयक जिल्ला स्तरीय अन्तक्रिया कार्यक्रममा बोल्दै सहभागिले सुरक्षित सिकाईका लागी विद्यार्थीले मानसिक र भावनात्मक रुपमा पनि आफु सुरक्षित भएको अनुभव गर्नुपर्ने बताएका हुन । शिक्षा पत्रकार समाजको आयोजनामा र आसमान नेपाल, भिएसओ लगाएतका सस्थाको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आसमान नेपालले ५ जिल्लाका ६९ विद्यालयमा सञ्चालन गरेका सुरक्षित सिकाईका मुख्य उपलव्धी र गतिविधीका बारेमा जानकारी गराइएको थियो । त्यसै गरि आसमान नेपाल धादिङका सुदेश सत्यालले धादिङ जिल्लामा आसमान नेपालले गरेको विभिन्न गतिविधी र प्राप्त उपलव्धीका बारेमा जानकारी गराउनुभएको थियो ।

शिक्षा पत्रकार समाजका बागमती प्रदेश सयोँजक बसन्त पराजुलीले स्थानिय तहले बाल सरंक्षणमा कार्यान्वयन गरेका नितीहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।