
आज रातैभर धादिङमा बिद्धुत आपुर्ती अबरुद्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
बुद्धसिंहघाटमा सडक बिस्तारको क्रममा माथि भिरबाट सुख्खा पहिरो गएर देविघाट–तारुकाघाट ३३ के.भी प्रशारण लाईनको पोल लडेर क्षति पुर्याएकोले ३३ के.भी लाईन मर्मत गर्न सट्डाउन गर्नुपर्ने भएकोले जहरे, धादिङबेशी र सल्यानटार अन्तर्गत सम्पुर्ण फिडर बन्द रहेको प्राधिकरणले जनाएको छ ।