२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमाले अध्यक्ष ओलीको घरको गेटमा आज विहानै बम विस्फोट,

एमाले अध्यक्ष ओलीको घरको गेटमा आज विहानै बम विस्फोट,
सेयर गर्नुहोस्
०सेयर

मंसिर ९, धादिङ ।
एमाले अध्यक्ष केपी ओलीको झापास्थित घरको गेटमा आज विहानै बम विस्फोट गराइएको छ । विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।

विस्फोटबाट गेटमा क्षति भएको छ । त्यसैगरी त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ । घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।