२८ चैत्र ,धादिङ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज (शनिबार) देखि सुरु भएको छ । गत वर्ष कारोना भाईरसको जोखिमका कारणले सामान्य रुपमा मनाएको थियो । यस वर्ष पनि प्रशासनले २५ जना भन्दा धेरै भिड भाड नगर्नु भनेपनि जात्रामा भिड धेरै हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।

यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । आज दिउँसो २ बजेपछि जात्रा सञ्चालन हुने भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरीले रथलाई तान्ने परम्परा छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जात्रालाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षाको व्यवस्था गरिएको जानकारी दिएका छन् । ‘कोरोनाको नयाँ भेरियन्टको त्रास पूनः देखिएकाले सबै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने र त्यसको अनुगमन प्रशासनले गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा
Facebook Comments