२७ चैत्र,धादिङ । शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो खेल आज शनिबार चेन्नई सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।
खेल नेपाली समय अनुसार साँझ ७ :४५ बाट सुरु हुनेछ । यस सिजनमा मुम्बई इन्डियन्स, चेन्नई सुप्पर किंगस, सनराईज हैदराबाद, राजस्थान रोयल्स, कोलकत्ता नाईट राईडर्स, पंञ्जाव किंगस, डिल्लि क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर गरि जम्मा ८ वटा टिमहरु सहभागी रहेका छन् । ९ अप्रिल २०२१ देखि सुरुभएको प्रतियोगिता आगामी ३० मे सम्म हुनेछ ।
शुक्रबार सम्पन्न उद्घघाटन तथा पहिलो खेल रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । पहिलो खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । अत्यान्तै रोमाञ्चकपूर्ण रुपमा सम्पन्न भएको खेलमा बैंग्लोरका एबी डिविलियर्सले सर्वाधिक ४८ रनको योगदान दिएको थियो ।
यस्तै ग्लेन माक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिएको थियो । सथै अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य बैंग्लोरले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको थियो । मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लोरको नेतृत्व विराट कोहलीले गरेका छन् ।
यस्तै हिजोको पहिलो खेलमा पराजित भएको मुम्बईले यस अघि सबै भन्दा बढी ५ पटक (आईपीएल) को उपाधि जितेको थियो । भने रोयल च्यालेन्जर्स बैंग्लोर तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधि जितेको छैन ।
