२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बेनिघारोराङको चौकीटारमा दुर्घटना, २ जना घाईते, एकको अवस्था गम्भीर

बेनिघारोराङको चौकीटारमा दुर्घटना, २ जना घाईते, एकको अवस्था गम्भीर
सेयर गर्नुहोस्
०सेयर

तस्विर : अमृत उप्रेती

पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ चौकीटारमा आज दिउँसो सवा ३ बजे बस र मोटरसाईकल एक आपसमा ठोक्कीदा २ जना घाईते भएका छन् ।

काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको ना ६ ख १७६१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा १९ प २९१८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईते मोटरसाईकल चालक वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ का राजकुमार चेपाङलाई मलेखु सामुदायिक अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौं लगिएको प्रहरी नायव उपरिक्षक भण्डरीले बताउनुभयो ।

यस्तै सोही ठाउँका मोटरसाईकलमा पछाडी सवार २६ वर्षिय विजयराम चेपाङको मलेखु सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने बस र बसको चालक जोगीमारा प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।