
धादिङको कालुपाण्डेमार्ग अन्र्तरगत नीलकण्ठ नगरपालिका वडा नं ८ कमेरेडाँडाँमा आज अपह्रान्न साँढे ४ बज दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् ।
धादिङबेशीबाट मलेखुतर्फ जाँदै गरेको बा ६२ प २३ नम्बरको मोटरसाईकल र कालिदहबाट धादिङबेशी बर्फ आउदैँ गरेको बा ७८ प ७३८५ नम्बरको मोटरसाईकले एकापसमा ठक्कर खाँदा ३ जना घाईते भएका हुन ।
घाईते हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका घर भई हाल धादिङबेशी बस्दै आएका मोटरसाईकल चालक १९ वर्षिय मधि पुल्का, ३० वर्षिय यम महमत यहवशान र पर्साको उदयपुर घुल्मी गाउँपालिकाका २२ वर्षिय बिचारी पासवान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्ष जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
घाईते मध्ये २ जनालाई थप उपचारको लागि काठमाडौँ पठाईएको छ भने एक जनाको धादिङ अस्पतालमा उपचार भईरहेको छ ।