१९ वैशाख, धादिङ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण शनिबार सांझदेखि काठमाडौं उपत्यका लगायत पूर्वी तथा पश्चिम नेपालको अधिकांश स्थानको मौसम बदली भएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार र बंगालको खाडीमा विकास भएको निम्न चापीय क्षेत्रका कारण मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था आगमी मंगलबारसम्म कायम रहने अनुमान गरिएको छ । नेपालको पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा भने मंगलबार सम्म नै साँझपख मेघ गर्जने, चट्याङ्गपर्नुका साथै हावाहुरी सहितको वर्षा हुने सम्भावना रहेको छ ।

Facebook Comments