
मंसिर ११, धादिङ-
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीमा बन्न लागेको क्ष्योलिङ गुम्बाको लागि सहयोग जुट्न थालेको छ । आज गुम्बा निर्माणको विषयमा बृहत छलफलको क्रममा सहयोग रकम पनि संकलन गरिएको क्ष्योलिङ गुम्बा निर्माण समितिका कोषाध्यक्ष जगदिश गुरुङले जानाकारी दिनुभयो ।
आज गुम्बाको लागि १ लाख ३० हजार भन्दा बढि रकम संकलन भएको गुम्बा निर्माण आर्थिक समितिका संयोजक नन्दबहादुर गुरुङले जानाकारी दिनुभयो । संकलित रकम मध्ये सबैभन्दा धेरै रकम नरबहादुर गुरुङले सहयोग गर्नुभएको छ । उहाँले बुवाआमाको नाममा १ लाख रकम सहयोग गर्नुभएको हो । त्यसैगरि वेलबहादुर गुरुङले गुम्बाको नाममा ४ आना जग्गा दान गर्नुभएको छ । 
सहभागी सबैले यस्तो अभियानमा सबैले साथ दिनुपर्ने र गुम्बाको लागि सकेको सहयोग गर्ने प्रतिक्रिया व्यक्त गरेका थिए । उपस्थितहरुले गरेको जिज्ञासा गुनासाहरुलाई तमूह्यूल छोंज धी राष्ट्रिय परिषदका सदस्य एवं गुम्बा निर्माण सल्लाहाकार समितिका संयोजक कूलबहादुर गुरुङ, अध्यक्ष वेदबहादुर गुरुङ र उपाध्यक्ष प्रेम गुरुङले सम्बोधन गर्नुभएको थियो ।

क्ष्योलिङ गुम्बा निर्माण समितिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य छनुमाया गुरुङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं वडा सदस्य छनुमाया गुरुङले गाउँको विकासको लागि सबै जना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । गाउँको विकास विरोधी कोही पनि नभई गुम्बा निर्माणको लागि आफुले पनि सरकारी तथा गैरसरकारी संघ संस्थासँग समन्वयात्मक भुमिका खेलि सहयोगी हातहरु बढाउने बताउनुभयो ।
सहयोगीदाताहरुको नाम र रकम :-
नरबहादुर गुरुङ १ लाख रुपैयाँ
चित्र बहादुर गुरुङ ५ हजार ''
भद्रबहादुर गुरुङ ३ हजार ''
छनु माया गुरुङ २ हजार ''
कृष्ण बहादुर गुरुङ १० हजार ''
कूलबहादुर गुरुङ ५ हजार ''
यादव रिजाल ५ हजार १ सय ११ ..
लालकाजी शाक्य ३ हजार ..
मिन कुमारी गुरुङ १ हजार २५ ..









