धादिङमा शुक्रबार १ सय २ जनामा कोरोना भाइ रसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ६९ जना जिल्लाभित्र र ३३ जना जिल्ला बाहिर रहेका स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

संक्रमितहरु निलकण्ठ नगरपालिकाका ५९, धुनिबेसीमका १, गल्छी गाउपािलकाका १, गजुरी गाउपालिकाका ५, बेनिघाट रोराङ्ग गाउपालिकाका २ र थाक्रे गाउपालिकाका १ गरेर शुक्रबार जिल्ला भित्र ६९ पोजिटिभ केश देखिएको कार्यालयले जानकारी दिएको छ ।

योसँगै जिल्ला भित्र सक्रिय संक्रमित ४२६ र जिल्ला बाहिर १८७ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय संक्रमित ६१३ पुगेको छ । यस्तै शुक्रबार जिल्ला अस्पतालमा ९६ , गल्छी गाउपालिकामा ९७ , गजुरी गाउपालिकामा ७ र नेत्रावती गाउपालिकामा ५७ गरेर जिल्लाभर २ सय ५७ स्वाब संकलन भएको छ ।

Facebook Comments