२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तारा एयरको विमान दुर्घटना

तारा एयरको विमान दुर्घटना
सेयर गर्नुहोस्
०सेयर

मंसिर १२-
हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् । अरु ११ जनाको अवस्था भने सामान्य रहेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमान चालक बसन्त लामा, सहचालक अनिल गुरुङ, परिचारिका प्रिया श्रेष्ठ र प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाल घाइते भएका छन् । उनीहरुलाई प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उहाँले जानकारी दिनुभयो । विमान अनियन्त्रित भएर रन वे बाट बाहिर गएपछि दुर्घटना भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।