तस्विर : धादिङ अस्पताल
भगवानमाथी हामी सबैको आस्था हुने गर्दछ । भलै भगवानलाई देखेका हुँदनौं । अहिले विश्व नै कोरोना महामारीसँग जुधिँरहेको छ । आफ्नो ज्यान जोखीममा राख्दै नागरिकको जीवन रक्षामा खटिने तमाम स्वास्थ्यकर्मी यतिखेर साक्षत भगवान बनेर दिन रात नभनी अस्पतालहरुमा खटिईरहेका छन् । बाच्ने र बचाउने अभियानमा जुटिरहेका छन् यिनै भगवानहरु ।
अस्पतालका विरामीलाई उपचार गर्दा गर्दै धादिङ अस्पतालका २७ जना स्वास्थ्यकर्मी यतिखेर कोरोना संक्रतिम भएका छन् । आफुलाई कोरोना संक्रमण भएपनि कोरोना संक्रमितको उपचारलाई भने निरन्तरता दिईरहेका छन् । कोरोना भाइरस संक्रमीत स्वास्थ्यकर्मी नै आइसोलेसनमा रहेका कोरोना संक्रमीतको उपचारमा खटिएका छन् ।
नागरिकको स्वास्थ्य उपचारमा खटिँदै गर्दा अस्पतालका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उपचारमा खटिने स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि अहिले अस्पतालमा जनशक्तिको अभाव भएको छ । अहिले तिनै कोरोना संक्रमीत स्वास्थ्यकर्मी नै कोरोना संक्रमीतको उपचारमा खट्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । स्वास्थ्यकर्मी अभाव भएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमलाले स्वयंमसेवकको रुपमा अस्पतालमा सेवा स्वास्थ्यकर्मीलाई अनुरोध समेत गर्नुभएको छ ।
कोरोना महामारीलाई परास्त पार्न सबेको साथ सहयोगको आवश्यकता रहेकाले सबै ले आ–आफ्नो ठाउँमा रहेर सहयोग गर्नुपर्ने अध्यक्ष धमलाको आग्रह छ । सदरमुकाम धादिङबेशीमा अहिलेसम्म आइशोलेसनमा रहनेको सङ्ख्या ३५ भन्दा माथी रहेको छ । कोरोना भाइरस संक्रमणबाट बच्नको लागि व्यक्तिगत र समुदायको सरसफाइमा ध्यान दिने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गने, पौष्टिक आहार खानु पर्ने धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दा गदै पनि लगातार खोकि लाग्ने, ज्वरो आउने, सास फेर्न गारो हुने लगायतको समस्या भएमा नजिकैको स्वास्थ्य चौकिमा जानुहुन अध्यक्ष धमलाले अनुरोध गर्नु भएको छ ।