२०८३ आश्विन ३०, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार किशोर श्रेष्ठ विरूद्दमा कलाकार हिमेश पन्तको उजुरी

पत्रकार किशोर श्रेष्ठ विरूद्दमा कलाकार हिमेश पन्तको उजुरी

हाँस्य कलाकार तथा रास्वपा सदस्य हिमेश पन्तले जनआस्थाका सम्पादक किशोर श्रेष्ठ विरूद्द उजुरी दिनुभएको छ । कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोमा अरूको जग्गा हडपेको भन्ने शिर्षकमा समाचार लेख्दै आफ्नो चरित्र हत्या गरेको भन्दै साईवर ब्यूरोमा उजुरी दिनुभएको हो ।

२०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तले उजुरीमा उल्लेख गर्नुभएको छ ।

उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षक राखी कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको निवेदनमा उल्लेख छ ।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् ।

उक्त उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसटहरू र नागरिकताको प्रतिलिपि समेत प्रमाणका रूपमा ब्युरोमा पेस गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल