२०८३ कार्तिक ३, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
यो खेल अल अमिरातमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

ओमानमा चलिरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा अस्ति नेपाल क्यानडासँग २४ रनले पराजित भएपछि एकदिवसीय मान्यता जोगाउन आजको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।
यो शृङ्खलामा शुरुआती दुई खेल जितेर शीर्ष–६ को सम्भावनालाई बलियो बनाएको नेपालका लागि क्यानडासँगको हारले गाह्रो बनाएको हो । हारपछि ८ टोली सम्मिलित शृङ्खलाको अंक तालिकामा नेपाल ३५ खेलमा २८ अंकसहित सातौं स्थानमा झरेको छ ।

सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । अब नेपालले शीर्ष–६ मा अटाउन घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । ओमान ३३ अंकसहित चौथो स्थानमा छ । लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल