२०८३ कार्तिक ८, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तनहुँको जामुनेमा तीन सवारीसाधन एकआपसमा ठो*क्किँदा दुई जना घा*इते

तनहुँको जामुनेमा तीन सवारीसाधन एकआपसमा ठो*क्किँदा दुई जना घा*इते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा आज तीन सवारीसाधन एकआपसमा ठो*क्किँदा दुई जना घा*इते भएका छन्।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठो*क्किएका थिए।
ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठो*क्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल