२०८३ कार्तिक ३, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा शंकास्पद वस्तु विस्फोट, दुईजना घाइते

धादिङमा शंकास्पद वस्तु विस्फोट, दुईजना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सोमबार (कात्तिक २) दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए । उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् ।
उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो समाचार सेयर गर्नुहोस्
२०Shares
धादिङ अपडेट लेखकको सबै आर्टिकल