२०८३ कार्तिक ७, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राङखोला–बिरुवा सडकखण्डमा दुर्घटना भएको हो । स्कुटर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

स्कुटरको पछाडि सवार रेवतीकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल