२०८३ कार्तिक ७, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महोत्तरीमा गर्भवती महिला माथि कुटपिट, पेटको गर्भ तुहियो

महोत्तरीमा गर्भवती महिला माथि कुटपिट,  पेटको गर्भ तुहियो

महोत्तरीमा एक गर्भवती महिलामाथि कुटपिट हुँदा उनको पेटमा रहेको गर्भसमेत तुहिएको छ।

कात्तिक ४ गते घरबाटोको विषयलाई लिएर सोनमा गाउँपालिका–८ सिंहासनीमा भएको कुटपिटबाट स्थानीय ३५ वर्षीया बबितादेवी यादवको करिब २ महिनाको गर्भ तुहिएको हो। सोही स्थानका गगनदेव यादव, झगरु राय यादव, राजदेवप्रसाद यादव लगायतको समूहले कुटपिट गर्दा ती महिलाको ८ हप्ताको गर्भ तुहिएको पीडित पक्षले आरोप लगाएको छ।

पीडित महिलाका श्रीमान् र ससुरा घरमा नभएको समयमा घरबाटोको विषयलाई लिएर सुरु भएको सामान्य विवाद हातपात हुँदै कुटपिटसम्म पुगेको प्रहरीले जनाएको छ। सो घटनामा परी घाइते भएकी बबिताको उपचार नगर अस्पताल गौशालामा भइरहेको अन्नपुर्णपोष्टले समाचार लेखेको छ। उपचारकै क्रममा उनको पेटमा रहेको बच्चा खेर गएको नगर अस्पतालले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल