२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ट्रिपर दुर्घटनामा एकको मृत्यु

ट्रिपर दुर्घटनामा एकको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

मंसिर १८,धादिङ ।

पृथ्वी राजमार्ग अन्र्तरगत धादिङको धुनिबेशी नरपालिका वडा नम्बर ६ चालिसेमा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बैरेनीबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा ३ ख ७४०७ नम्बरको ट्रिपर बिहान ३ः५० बजे पल्टिँदा गल्छि ६ बैरनी निवासी २८ वर्षिय सहचालक राजेश विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

प्रहरीका अनुसार विकको उपचारका लागि काठमाण्डौँ लैजादैँ गर्दा मृत्यु भएको हो । यस्तै चितवनको खुरखुरे ११ निवासी ट्रिपरका चालक ३५ वर्षिय राजेश लामा सामान्य घाईते भएका छन् । घाईते लामा स्टार अस्पताल सानेपा ललितपुरबाट सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।